Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025
Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

इजरायलमा ज्यान गुमाएका विपिन जोशीको शव आज नेपाल ल्याइँदै

कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीर आज इजरायलबाट नेपाल ल्याइँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार, फ्लाई दुबईको विमानमार्फत उनको शव काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो अवतरण हुने तय भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले सामाजिक सञ्जालमा विपिनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाले आफू स्तब्ध भएको बताएका छन्। मन्त्री घिसिङले दिउँसो तीन बजे त्रिभुवन विमानस्थल पुगेर जोशीको पार्थिव शरीर बुझ्ने तथा श्रद्धाञ्जली अर्पण गर्ने जानकारी दिएका छन्। उनले विपिनको असमय निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

मन्त्री घिसिङले विपिन जोशीले अन्तिम क्षणसम्म अदम्य साहस, वीरता र त्याग देखाउँदै अन्य साथीहरूको जीवन बचाउन सफल भएको स्मरण गरे। उनले विपिनको यो सहासिक कदमलाई जीवनभरको गौरवको रूपमा उल्लेख गर्दै नेपाली समाजमा सदैव गर्विलो स्मृति रहने बताए।

घिसिङले विपिनको निधन केवल व्यक्तिगत शोक नभई, हाम्रो राष्ट्रिय अर्थतन्त्र र व्यवस्थाको कठोर यथार्थको दर्पण भएको टिप्पणी गरे। उनले नेपाली युवाको सपना, भविष्य र कहिलेकाहीँ जीवन नै विदेशी भूमिमा हराउने अवस्थाप्रति चिन्ता व्यक्त गरे।

अन्त्यमा, घिसिङले यस किसिमको पीडादायी परिस्थिति अन्त्य गर्न र प्रत्येक नेपालीले स्वदेशमै सम्मानसाथ आफ्नो सपना पूरा गर्न सक्ने वातावरण बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन्।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...