Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025
Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

जेरी अन टप ट्रेलर युट्युबमा छाएको

फिल्म जेरी अन टपको ट्रेलर रिलिज हुनुभन्दा एक साता अगाडि सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ। शुक्रबार युट्युबमा आएको यो ट्रेलर २४ घण्टाभित्रै नेपालको ट्रेन्डिङ चार्टमा शीर्ष स्थान हासिल गर्न सफल भयो, जसले दर्जनौं देशको उत्कृष्ट १० मा स्थान बनाएको छ। नेपाली समुदायको बाक्लो उपस्थिति रहेका विभिन्न देशमा ट्रेलरले वर्चस्व जमाउँदै प्रशंसकहरूको मन जितेको छ।

डिजिटल प्लाटर्फम बूढासुब्बा डिजिटलको युट्युब च्यानलमा ट्रेलर हालसम्म करिब ६ लाख पटक हेरिएको छ र २७ हजारभन्दा बढी लाइक प्राप्त भएको छ। फिल्ममा फर्किएका अनमोल केसीसहित कलाकारहरूको दमदार अभिनय, हिमाली छवि, निर्देशनको निखार, छायांकन, संगीत र सम्पादनको गुणवत्ताले दर्शकहरूबाट व्यापक तारिफ पाएको हो, जसले यसको सफलतालाई थप उचाइ दिएको छ।

सुयोग गुरुङको निर्देशन र सरोज न्यौपानेको निर्माण रहेको यो फिल्म अनन्या फिल्म्सको ब्यानरमा तयार भएको हो। अभिनेता अनमोल केसीका साथ आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे ‘माग्नेबुढा’, सुरक्षा पन्त र उषा खड्गीजस्ता कलाकारले भूमिका निर्वाह गरेका छन्, र फिल्म आगामी शुक्रबार नै प्रदर्शनमा आउने तय भएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...