Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025
Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

तनहुँमा एकैदिन ४६८ किलो सयपत्री फूल बिक्री, किसान उत्साहित

तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वारामा एकैदिन ४६८ किलो सयपत्री फूल बिक्री भएको छ। सोमबार चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले उक्त फूल बिक्री गरेको हो।

समूहका सचिव महेन्द्रराज रानाका अनुसार पोखराका व्यापारीलाई प्रति किलो तीन सय रुपैयाँका दरले फूल बिक्री गरिएको छ। उनले जानकारी दिए अनुसार दुई स्थानमा गरी छ रोपनी क्षेत्रफलमा पहिलोपटक सयपत्री फूल खेती गरिएको थियो। एक ठाउँबाट १६८ र अर्को ठाउँबाट ३६८ किलो फूल बिक्री भएको छ।

किसानहरू पहिलो वर्षमै फूलको राम्रो बजार पाएपछि उत्साहित छन्। अझै फूलको माग आइरहे पनि उपलब्ध फूल सकिएको र बजार पाउने चिन्ता हटेको सचिव रानाले बताए। फुटकर रूपमा माग आए पनि थप फूल दिन नसक्ने अवस्था रहेको उनले जानकारी दिए।

समूहकी अध्यक्ष जितमाया रानाले बजार नपाएर श्रम खेर जाने हो कि भन्ने चिन्ता रहे पनि बजार पाउँदा हौसला बढेको बताइन्। पहिलो वर्षमै फूलको बजार सुनिश्चित भएपछि आगामी वर्ष क्षेत्रफल विस्तार गर्ने योजना रहेको उनले थपिन्।

फूल फुल्दा कहाँ लैजाने भन्ने चिन्ता भए पनि राम्रो बजार पाउँदा किसानहरू खुसी भएका छन्। छ रोपनी भाडामा लिएर छ हजारभन्दा बढी सयपत्रीको बेर्ना रोपिएको थियो।

यसअघि काक्रा, घिरौला, बोडी, मास, करेला, खुर्सानीखेती गर्दै आएका किसानहरूले यस वर्ष सयपत्री फूलखेती शुरू गरेका हुन्।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...