Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025
Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

बी एण्ड सी अस्पताल र मेडिकल अफिसरबीच माग सम्बोधनमा सहमति, सेवा नियमित

बिराटनगरस्थित बी एण्ड सी अस्पताल व्यवस्थापन र मेडिकल अफिसर टिमबीच तलब तथा ड्युटी समयसम्बन्धी मागका विषयमा सहमति जुटेको छ। सहमति पश्चात् अस्पतालका सबै नियमित स्वास्थ्य सेवाहरू पूर्ववत् सञ्चालन भैरहेको अस्पतालले जानकारी दिएको छ।

 

मेडिकल अफिसर टोलीले सार्वजनिक गरेको पत्रमा आफूहरूले तलब र ड्युटी समयसम्बन्धी जायज मागहरू व्यवस्थापनमा प्रस्तुत गरेको उल्लेख छ। मागहरूलाई व्यवस्थापनले सकारात्मक रूपमा लिएर खुला र पारदर्शी वार्ता गरेको र छलफल सफल भएको मेडिकल अफिसरहरूले जनाएका छन्।

अस्पताल प्रशासनका अनुसार व्यवस्थापन तथा मानव संसाधन विभागले उठाइएका मागहरू कार्यान्वयन गर्न प्रक्रिया सुरु गरिसकेको छ।

अस्पतालले दैनिक आपतकालीन, बहिरंग तथा भर्ना सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् भने कुनै सेवा प्रभावित नभएको स्पष्ट गरिएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...