Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025
Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

विश्वकप छनोटको महत्वपूर्ण खेलमा नेपाल आज ओमानसँग भिड्दै

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्स चरणमा नेपालले आज ओमानको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने भएको छ।

यो खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।

ओमानविरुद्ध जित हासिल गर्न सके नेपाल सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। यसअघि नेपालले युएई र कतारलाई पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको छ।

सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन टोलीहरूले विश्वकपमा स्थान बनाउनेछन्। त्यसैले आजको खेल नेपालका लागि टी–२० विश्वकपमा पुग्ने सुनौलो अवसरका रूपमा हेरिएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...