Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025
Date
बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

संसद् पुनःस्थापनाबारे ओली समूहको माग हास्यास्पद : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक संसद् विघटन गर्नेहरू अहिले त्यसको पुनःस्थापनाको माग गर्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको समूहले विघटन गरेको संसद् पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद रहेको बताए।

आगामी माघ २१ मा हुने निर्वाचन संविधान र लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अंग भएको बताउँदै प्रचण्डले निर्वाचन अवरुद्ध भए देशमा अराजकता बढ्न सक्ने चेतावनी दिए। उनले निर्वाचनमा अवरोध ल्याउने प्रयास नगर्न सबै पक्षलाई आग्रह गर्दै राष्ट्रिय सहमतिमा चुनाव सम्पन्न गर्नु अपरिहार्य रहेको जोड दिए।

प्रचण्डले निर्वाचनका लागि सरकार गम्भीर रहेको विश्वास व्यक्त गर्दै हालको संविधान केही हदसम्म दिशाबाट चुकिएको स्वीकारे। संविधानलाई सही मार्गमा ल्याउन संशोधन आवश्यक रहेको उल्लेख गर्दै, समाजवादी मोर्चाका वाम दलहरू बीच छिट्टै औपचारिक एकता घोषणा हुने जानकारी दिए।

जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीका रूपमा चित्रण गर्ने प्रचण्डले उनीहरूलाई अपमानजनक टिप्पणी नगर्न स्पष्ट पार्नुभयो। उनले क्रान्तिमा मित्र र दुस्मन छुट्याउन नसक्दा उपलब्धी संस्थागत गर्न कठिन हुने बताएर, सबैलाई मित्र शक्ति पहिचान गर्न आग्रह गरे।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...