Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025
Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

सङ्खुवासभाकी गर्भवतीको जटिल अवस्था भएपछि हवाई उद्धार

सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका–३ निवासी २९ वर्षीया सीता तामाङको स्वास्थ्य अवस्था सुत्केरी हुने क्रममा जटिल भएपछि हवाई उद्धार गरिएको छ। स्थानीय पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरीका लागि पुगेकी तामाङको अवस्था बिग्रिएपछि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत् विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको हो।

आइतबार साँझ स्वास्थ्य चौकी पुगेकी तामाङको स्वास्थ्य परीक्षणका क्रममा नवजात शिशुको अवस्था गम्भीर देखिएपछि स्वास्थ्यकर्मीले तत्काल उच्च उपचारका लागि सिफारिस गरेका थिए। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार आज बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट हेलिकप्टरमार्फत उद्धार गरिएको हो। थपलियाले समयमै हवाई उद्धार भएकाले तामाङको जीवन जोगिएको बताइन्। राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत तामाङलाई विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...