Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025
Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

सुनसरीमा लागूऔषध कारोबारमा संलग्न ७ जना पक्राउ, ब्राउन सुगर र ट्याब्लेट बरामद

सुनसरी प्रहरीले लागूऔषध कारोबारमा संलग्न सात जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख डीएसपी योगराज खतिवडाका अनुसार धरान, इनरुवा र रामधुनी क्षेत्रबाट विभिन्न कारबाहीका क्रममा उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको हो।

विशेष सूचनाका आधारमा आइतबार प्रहरीको संयुक्त टोलीले इनरुवा नगरपालिका–४, बसचोक नजिकै पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको थियो। इटहरी उपमहानगरपालिका–१८ का ३४ वर्षीय राजु चौधरी र रामधुनी नगरपालिका–४ का २८ वर्षीय रोशन हरिजनलाई चेकजाँच गर्दा राजु चौधरीको गुप्त भागमा लुकाइ राखिएको १९.६९ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। दुवैजनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले रामधुनी नगरपालिका–६ का सुमनकुमार चौधरीको घरमा खानतलासी गर्दा लुकाएर राखिएको ५.७३ ग्राम ब्राउन सुगर फेला पारेको छ। उक्त घरबाट २५ वर्षीय सुमनकुमार चौधरी र धरान उपमहानगरपालिका–८ का ३१ वर्षीय सुमन राईलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ।

धरान उपमहानगरपालिका–११ मा इलाका प्रहरी कार्यालय धरानको टोलीले विकास परियारको घरमा छापा मार्दा डेकोलिक ५०० र ट्रामोल ५०० ट्याब्लेट फेला पारेको छ। सोही घरबाट ३१ वर्षीय विकास परियार, २२ वर्षीय विजय परियार र ३६ वर्षीय इन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूलाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...