Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025
Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

शरद भेषावकरले हङकङ सिक्सेसपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिँदै

नेपाली क्रिकेटका अनुभवी खेलाडी शरद भेषावकरले आउँदो हङकङ सिक्सेस प्रतियोगितापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार शरदको कप्तानीमा हङकङमा आयोजना हुने हङकङ सिक्सेसका लागि नेपाली टोलीको घोषणा गरेको छ। प्रतियोगिता सकिएपछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा टुङ्ग्याउने क्यानले जानकारी दिएको छ।

सन् २०२२ यता शरद राष्ट्रिय टोलीमा नसमेटिए पनि उनले औपचारिक सन्यास भने लिएका थिएनन्। गत वर्ष नेपाल प्रिमियर लिगमा चितवन राइनोजबाट खेलेका शरद यसपटक कुनै टोलीमा बिक्री भएनन्। सन् २०१४ मा नेपालले पहिलोपटक विश्वकप खेलेको समयमा उनी टोलीका सदस्य थिए।

हङकङ सिक्सेस प्रतियोगिता नोभेम्बर ७ देखि ९ तारिखसम्म सञ्चालन हुने छ। नेपाल दोस्रोपटक उक्त प्रतियोगितामा सहभागी हुँदैछ। टोलीमा शरदसँगै आदिल आलम, सन्दीप जोरा, रसिद खान, लोकेश बम, बसिर अहमद र रुपेश सिंह रहेका छन्।

यस टोलीका आदिल, सन्दीप र लोकेशले हालै सम्पन्न टी–२० विश्वकप छनोटमा नेपालको प्रतिनिधित्व गरेका थिए।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...