Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025
Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार स्थानीय सिटी अस्पतालमा उपचाररत पुतुवारको आज बिहान निधन भएको हो।

प्रवक्ता सुवेदीले जनाए अनुसार बिहान करीब ३:४५ बजे तीनपिप्लेबाट धर्मस्थलीतर्फ जाँदै गरेको बा.प्र.०२–०५३ प ९६७९ नं.को मोटरसाइकल अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा चालक अमित पुतुवार गम्भीर घाइते भएका थिए। उनलाई तत्काल सिटी अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा ज्यान गुमाएका हुन्।

दुर्घटनामा सोही मोटरसाइकलमा सवार तार्केश्वर–३ का २० वर्षीय समिर पुतुवार पनि घाइते भएका छन्। उनको हात, खुट्टा, टाउको तथा छातीमा चोट लागेकोले थप उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...

दोदा नदीमा निर्माणाधीन पुलको काम ९० प्रतिशत पूरा

कञ्चनपुर, ६ कार्तिक । यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन...