इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन गरेसँगै इजराइलले त्यहाँ आफ्नो नियन्त्रण विस्तार गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र सत्तारूढ लिकुड पार्टीले विरोध गरे पनि संसदमा २५-२४ को झिनो मतान्तरले विधेयक अगाडि बढाउने निर्णय भएको छ। संसदका १२० सदस्यमध्ये अल्पमतको समर्थनमा विधेयक पारित भएको हो।
यो विधेयक दक्षिणपन्थी नोआम पार्टीका नेता अवी माओजले प्रस्तुत गरेका थिए। नेतान्याहूको गठबन्धनभित्रका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-ग्विइर र अर्थमन्त्री बेजालेल स्मोट्रिचले विधेयकको पक्षमा मतदान गरेका छन्।
रिपोर्टअनुसार नेतान्याहूले विधेयकको विरोध गरेका थिए, किनभने यसले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धमा असर पार्न सक्ने चिन्ता व्यक्त गरेका थिए। ट्रम्पले इजराइललाई वेस्ट बैंक कब्जाको अनुमति नदिने स्पष्ट संकेत दिएका थिए।