नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौंको कोटेश्वरस्थित ए वान भेन्युमा पत्रकार सम्मेलन आयोजना गर्दै छन्।
सत्ताबाट बाहिरिएपछि र पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न भएपछि अध्यक्ष ओलीले दिउँसो १ बजे पत्रकारहरूसामु समसामयिक राजनीतिक अवस्था, पार्टी गतिविधि तथा राष्ट्रिय महत्वका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।
राजनीतिक वृत्तमा ओलीको यस पत्रकार सम्मेलनलाई विशेष चासोका साथ हेरिएको छ।