Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025
Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

सुनसरीमा लागूऔषध कारोबारमा संलग्न ७ जना पक्राउ, ब्राउन सुगर र ट्याब्लेट बरामद

सुनसरी प्रहरीले लागूऔषध कारोबारमा संलग्न सात जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख डीएसपी योगराज खतिवडाका अनुसार धरान, इनरुवा र रामधुनी क्षेत्रबाट विभिन्न कारबाहीका क्रममा उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको हो।

विशेष सूचनाका आधारमा आइतबार प्रहरीको संयुक्त टोलीले इनरुवा नगरपालिका–४, बसचोक नजिकै पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार गरिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको थियो। इटहरी उपमहानगरपालिका–१८ का ३४ वर्षीय राजु चौधरी र रामधुनी नगरपालिका–४ का २८ वर्षीय रोशन हरिजनलाई चेकजाँच गर्दा राजु चौधरीको गुप्त भागमा लुकाइ राखिएको १९.६९ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। दुवैजनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले रामधुनी नगरपालिका–६ का सुमनकुमार चौधरीको घरमा खानतलासी गर्दा लुकाएर राखिएको ५.७३ ग्राम ब्राउन सुगर फेला पारेको छ। उक्त घरबाट २५ वर्षीय सुमनकुमार चौधरी र धरान उपमहानगरपालिका–८ का ३१ वर्षीय सुमन राईलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ।

धरान उपमहानगरपालिका–११ मा इलाका प्रहरी कार्यालय धरानको टोलीले विकास परियारको घरमा छापा मार्दा डेकोलिक ५०० र ट्रामोल ५०० ट्याब्लेट फेला पारेको छ। सोही घरबाट ३१ वर्षीय विकास परियार, २२ वर्षीय विजय परियार र ३६ वर्षीय इन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरूलाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

बेलायत र अमेरिकाले रूसी तेल कम्पनीमाथि थप प्रतिबन्ध, पुटिनको आक्रामकता अन्त्यको माग

काठमाडौँ, ६ असोजः बेलायतका प्रधानमन्त्री केरी स्टार्मरले संयुक्त राज्य अमेरिकाले रुसका प्रमुख तेल कम्पनीहरू रोजनेफ्ट र लुकोइलमाथि लगाएको...

मापदण्डविपरीत औषधि बिक्री गर्ने फार्मेसीबाट ठूलो परिमाणमा औषधि बरामद

काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारास्थित तक्षक फार्मेसीमा चिकित्सकको सिफारिसबिना बिक्री भइरहेको औषधिबारे सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले छापा...

भोजपुरमा गड्यौला मल उत्पादनबाट जैविकखेती प्रवर्द्धन

भोजपुरको पौवादुङमा गाउँपालिकाले रासायनिक मलको प्रयोग कम गर्दै जैविकखेतीलाई अघि बढाउने लक्ष्यसहित गड्यौला मल उत्पादन थालिएको छ। ‘महिला...

बागलुङमा डेढ अर्ब बजेट फ्रिज, सांसदहरुको उदासीनता कारण योजनाहरु अलपत्र

बागलुङ जिल्लाका संघीय तथा प्रदेश सांसदहरूले सामाजिक सञ्जालमा विकासे योजनाको बजेट पारित भएको भन्दै प्रचारमा तल्लीन भए पनि...