Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025
Date
शुक्र, कार्तिक ७, २०८२
Fri, October 24, 2025

हुम्ला हुँदै मानसरोवर कैलाश दर्शनमा ७ हजारभन्दा बढी तीर्थयात्री, सरसफाइ शुल्क अझै असुल हुन सकेन

हुम्ला– सिमकोट विमानस्थल हुँदै हिल्सा नाका पार गरेर चीनको तिब्बतस्थित मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको संख्या यस वर्ष ७ हजार ८८ पुगेको छ। कोरोना महामारीपछि तीर्थयात्रामा उल्लेख्य वृद्धि भएको देखिएको छ। चैत ४ गतेदेखि यात्राको सुरुआत भएको थियो।

यस वर्ष नेपालगञ्ज विमानस्थलबाट आएका तीर्थयात्रीहरूमध्ये ३ हजार १९७ महिला, ३ हजार ४९१ पुरुष भारतीय नागरिक तथा अन्य देशका १८५ महिला र २१५ पुरुष गरी ७ हजार ७७ जनाले मानसरोवर कैलाश दर्शन गरेका छन्। यो तथ्याङ्क सिमकोट विमानस्थलमा खटिएका प्रहरीबाट संकलन गरिएको हो। चिसो बढेसँगै तीर्थयात्रा यस वर्षका लागि बन्द भएको छ।

विमानस्थल सुरक्षा गार्डको तथ्याङ्क अनुसार तीर्थयात्रीको संख्या ७ हजार ८८ छ भने सिमकोट गाउँपालिकाले जम्मा ६ हजार ४७९ मात्रै दर्ता गरेको छ। हिल्सा अध्यागमन कार्यालयका अनुसार दशैंअघि ६ हजार ९२१ भारतीय, १५७ नेपाली र ७ रसियन तीर्थयात्रीले मानसरोवर कैलाश पुगेका छन्।

पर्यटक सरसफाइ शुल्क उठाउने प्रक्रिया भने अन्योलमा छ। सिमकोट र नाम्खा गाउँपालिकाले भारतीय तथा अन्य मुलुकका तीर्थयात्रीबाट उठाउनुपर्ने सरसफाइ शुल्क उधारो राख्दा स्थानीय तहको आलोचना बढेको छ। प्रतिव्यक्ति १ हजार दरका अनुसार उठ्नुपर्ने ७० लाख ८८ हजार रुपैयाँ हालसम्म संकलन भएको छैन। सिमकोटबाट २ र नाम्खाबाट १ गरी ३ कर्मचारी सरसफाइ शुल्क असुल गर्न खटिए पनि शुल्क उधारोमै छ।

गत असोज ६ गते सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, नाम्खा उपाध्यक्ष तक्दिर लामा र ट्राभल एजेन्सीबीच शुल्क उठाउने सहमति भए पनि हालसम्म एजेन्सीहरूले रकम बुझाएका छैनन्। उपाध्यक्ष सुशीला रोकायाका अनुसार दुई पटक पत्राचार गरिए पनि शुल्क प्राप्त नभएको छ। सरसफाइ शुल्क सिमकोटले ६० र नाम्खाले ४० प्रतिशतका दरले बाँडफाँट हुने व्यवस्था छ। २० भन्दा बढी ट्राभल एजेन्सीले तीर्थयात्रा सञ्चालन गरेका छन्।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तिहारको रौनकबाट टाढा कञ्चनपुरको बादी बस्ती, रोजगारको खोजीमा युवाहरू विदेश

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटास्थित बादी समुदायको बस्तीमा तिहारको चहलपहल देखिँदैन। देशभर दीपावलीको उत्सव मनाइँदा पनि यहाँको बस्ती सुनसान...

इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि विवादास्पद विधेयक अनुमोदन

इजराइलले गाजापछि वेस्ट बैंक कब्जाको प्रक्रिया अघि बढाएको छ। इजराइली संसदले वेस्ट बैंक कब्जाका लागि एक विधेयक अनुमोदन...

तार्केश्वरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

काठमाडौंको तार्केश्वर नगरपालिका–३ चिसापानी सडकमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अमित पुतुवारको उपचारका क्रममा मृत्यु भएको...

ललितपुरमा पेस्तोलसहित एक युवक पक्राउ

ललितपुरको धापाखेलमा प्रहरीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक...