इजरायल सरकारले हमासको बन्धक अवस्थामै ज्यान गुमाएका नेपाली युवक विपिन जोशीको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ। आइतबार बेन गुरियन विमानस्थलमा विपिनको स्मृतिमा श्रद्धाञ्जली समारोह सम्पन्न भएको हो।
हमासको आक्रमणपछि बन्धक बनाइएका विपिनको शव आज नेपाल ल्याइँदैछ। बन्धक बनिरहेका बेला हमासले उनको हत्या गरेको थियो।
उनको मुक्तिका लागि नेपाल सरकार तथा परिवारजनले निरन्तर पहल गरेका थिए। ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत २०८० सालमा विपिन जोशी रोजगारीका लागि इजरायल पुगेका थिए।