Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026
Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

नेपालमा ट्रमा तथा हाडजोर्नी विशेषज्ञ चिकित्सकको ‘ट्रमा सोसाइटी’ गठन

नेपालमा ट्रमा तथा अर्थोपेडिक उपचारमा संलग्न चिकित्सकहरूको नयाँ संस्था ‘ट्रमा सोसाइटी अफ नेपाल’ स्थापना गरिएको छ। डा. प्रमोद लामिछानेको अध्यक्षतामा यो सोसाइटी गठन भएको हो, जसले देशभरका सम्पूर्ण हाडजोर्नी तथा ट्रमा सेवा प्रदान गर्ने चिकित्सकहरूलाई एकवद्ध गर्ने लक्ष्य लिएको छ।

सेवा प्रवाहलाई सहज, गुणस्तरीय र आम नागरिकसम्म पुर्‍याउने उद्देश्यसहित ट्रमा सोसाइटीको नयाँ कार्यसमिति बिहीबार काठमाडौंमा एक विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। संस्थाको संरक्षकमा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. रमेशप्रसाद सिंह छन्।

डा. लामिछाने नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्र के दुवाल श्रेष्ठ, उपाध्यक्षमा डा. हेमन्त कुमार गुप्ता, महासचिवमा डा. विजयन्द्र अधिकारी, कोषाध्यक्षमा डा. आलोक पाण्डे, सहसचिवमा डा. पविन थापा र सह-कोषाध्यक्षमा डा. सन्जित झा रहेका छन्।

सदस्यको रूपमा डा. सरोज सिं, डा. ओमप्रकाश चौधरी, डा. राजिव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदिप खनाल तथा डा. सार्थक नेपाल नाम चयन गरिएको छ।

सोसाइटीले वैज्ञानिक तथा प्राविधिक पक्षलाई सशक्त बनाउन डा. रोहित श्रेष्ठको अध्यक्षतामा साइन्टिफिक कमिटी गठन गरेको छ, जसको सदस्यमा डा. भाष्कर राज कार्की, डा. मनिष श्रेष्ठ र डा. विश्ववन्धु निरौला छन्।

प्रदेशस्तरमा चिकित्सकहरूको समावेशका लागि कोशीबाट डा. रुपेश जंग वेलवासे, मधेशबाट डा. चन्द्रभुषन यादव, वागमतीबाट डा. मनोज कँडेल, गण्डकीबाट डा. झपेन्द्र पोखरेल, लुम्बिनीबाट डा. प्रकृतिराज कँडेल, कर्णालीबाट डा. पुजन कुमार रोकाया तथा सुदूरपश्चिमबाट डा. मन्दिप पाठक प्रतिनिधिका रूपमा चयन भएका छन्।

नवनियुक्त अध्यक्ष डा. प्रमोद लामिछानेले नेपालमा सडक दुर्घटना र कार्यस्थलमा हुने चोटपटकसम्बन्धी ट्रमा समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै सोसाइटीले आधुनिक चिकित्सा प्रविधि र अनुभवको आदानप्रदानलाई प्राथमिकता दिने बताए। उनले सोसाइटीमा काठमाडौंसहित देशभरका सक्रिय हाडजोर्नी विशेषज्ञ चिकित्सकको सहभागिता रहेको जानकारी दिए।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

ऋण लिनु गलत होइन, अर्थमन्त्री वाग्लेले संसदमा स्पष्ट्याए

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा सार्वजनिक ऋणप्रति आफूले विरोध कहिल्यै नगरेको प्रस्ट पारेका छन्। बजेट खर्चको मुख्य स्रोत...

निर्वासन अन्त्य गर्दै ३,६९३ अफगान नागरिक स्वदेश फर्किए

अफगानिस्तानको बाख्तर समाचार एजेन्सीले बिहीबार जारी गरेको जानकारी अनुसार, बुधवार ७२४ परिवारका ३,६९३ जना अफगान नागरिकले आफ्नो निर्वासन...

इरानले ट्रम्पको सम्झौताको दाबी अस्वीकार, अन्तिम निर्णय अझै बाँकी

इरानी अधिकारीहरूले अमेरिकासँग कुनै अन्तिम समझौता नभएको प्रस्ट पारेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेअनुसार सम्झौता सम्पन्न...

दक्षिण कोरियाको शानदार जित, चेकियालाई २–१ ले पराजित

फिफा विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले पराजित गरेको छ। विश्रामपछि खेलमा व्यवस्थित भएर फर्किएको चेकियाले दोस्रो...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्