Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026
Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

नेपालमा लागुऔषध समस्या बढ्दो, नियन्त्रण ब्युरोको सक्रियता संगठित अपराध रोक्न केन्द्रित

पछिल्ला वर्षमा नेपालमा लागुऔषध दुव्र्यसन र यसको कारोबार जटिल बन्दै गएको छ । यद्यपि सीमित स्रोतसाधनका बाबजुद लागुऔषध नियन्त्रण ब्युरोले आफ्नो सक्रियता विस्तार गरी कारवाहीलाई तीव्र बनाइरहेको छ ।

सर्वेक्षण अनुसार नेपालमा लागुऔषध दुर्व्यसनीको संख्या निरन्तर बढ्दैछ, विशेषगरी १९ देखि ४५ वर्ष उमेरका व्यक्तिहरू बढी प्रभावित भएका छन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कारागारहरूमा लागुऔषधसम्बन्धी मुद्दा लागेका कैदीबन्दीको संख्या उच्च रहेको बताए । सिंहदरबारमा सम्पन्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यो समस्या तराईदेखि हिमालसम्म फैलिएको उल्लेख गरे ।

आर्थिक वर्ष २०८०/८१ मा ब्युरोले ८१४ मुद्दा दर्ता गरेकोमा २०८१/८२ मा यो संख्या १,१३२ पुगेको थियो । चालु वर्षमा हालसम्म ८३७ मुद्दा दर्ता भएका छन् ।

पक्राउ पर्ने नेपालीको संख्या केही घट्न थालेको देखिएको छ भने विदेशी नागरिकको संलग्नता भने वृद्धि भएको छ । गत वर्ष १७७ जना विदेशी पक्राउ परेका थिए भने यस वर्ष १७४ जनामा पुरुष १६० र महिला १४ रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोले गाँजा, चरेस, हेरोइन, ओपियम र महँगा कोकिनसमेत ठूलो परिमाणमा बरामद गर्दै आएको छ । दक्षिण अमेरिकी मुलुकबाट नेपाल भएर लैजाने कोकिन नियन्त्रणमा प्रहरीले उल्लेखनीय सफलता पाएको छ ।

भर्खरै पेटमै लागुऔषध लुकाएर ल्याउने एक सेनेगली नागरिक पक्राउ गरी ६० ट्याब्लेट बरामद गरिएको छ भने अतिरिक्त ५६,२०० ट्याब्लेटसहित अन्य लागूपदार्थ पनि बरामद गरिएको छ ।

महानिरीक्षक कार्कीका अनुसार गाँजा र चरेससँगै एम्पुल, नाइट्रोजन, कोरेक्स, एमडीएमए, एलएसटी जस्ता सेमि–सिन्थेटिक ड्रग्सको प्रयोग समेत बढेको छ ।

ब्युरोको संरचना, चुनौती र भावी योजना प्रस्तुत गर्दै कार्कीले लागुऔषध नियन्त्रणका लागि एकीकृत प्रयास अनिवार्य रहेको बताए । सन् २०४९ मा स्थापना भएको ब्युरो हाल १५ युनिटमार्फत देशभर कार्यरत छ ।

काठमाडौंमा मुख्य कार्यालय रहेको ब्युरोको शाखाहरू मोरङ, सुनसरी, चितवन, पोखरा, भैरहवा, बाँके, कैलाली लगायत सीमावर्ती क्षेत्रमा फैलिएको छ ।

दरबन्दी ७८ जना भए पनि सशक्त कार्य सञ्चालनका लागि हाल २१५ जना कर्मचारी परिचालन गरिएको छ । ब्युरोको आफ्नै भवन नहुँदा लाखौँ रुपैयाँ भाडामा खर्च हुनुपर्ने अवस्था छ ।

कार्कीकाअनुसार ब्युरोले बजेट र प्रविधिको अभावमा काम गरिरहेको छ । अपरेसन र सूचना संकलनका लागि विनियोजित रकम अत्यन्त कम रहेको उनको भनाइ छ ।

लागुपदार्थ परीक्षण यन्त्र, एक्सरे, दक्ष प्राविधिक जनशक्ति अभाव हुँदा अनुसन्धानमा कठिनाइ भइरहेको छ । पक्राउ गरेका घाइते अभियुक्तको उपचार खर्चसमेत प्रहरीले व्यहोर्नु परेको छ ।

आगामी तीन वर्षका लागि ब्युरोले विशेष कार्ययोजना बनाएको छ । ‘इन्टिग्रेटेड नार्कोटिक इन्टेलिजेन्स म्यानेजमेन्ट सिस्टम’ कार्यान्वयन गर्ने र गृह मन्त्रालय, अध्यागमन, भन्सार, नेपाल प्रहरीबीच समन्वय विस्तार गर्ने लक्ष्य छ ।

साथै, ७७ वटै जिल्लामा सर्वेक्षण गरी प्रभावित क्षेत्र पहिचान र ‘इन्टेलिजेन्स-लेड पोलिसिङ’ मार्फत नियन्त्रण अभियान सञ्चालन गर्ने योजना कार्यान्वयन हुनेछ ।

ब्युरोले लागुऔषध अपराधलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग जोडेर अनुसन्धान अघि बढाएको छ । यसले नेपाललाई वित्तीय अपराधको ‘ग्रे लिस्ट’बाट बाहिर राख्न मद्दत हुने महानिरीक्षक कार्कीको विश्वास छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

ऋण लिनु गलत होइन, अर्थमन्त्री वाग्लेले संसदमा स्पष्ट्याए

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा सार्वजनिक ऋणप्रति आफूले विरोध कहिल्यै नगरेको प्रस्ट पारेका छन्। बजेट खर्चको मुख्य स्रोत...

निर्वासन अन्त्य गर्दै ३,६९३ अफगान नागरिक स्वदेश फर्किए

अफगानिस्तानको बाख्तर समाचार एजेन्सीले बिहीबार जारी गरेको जानकारी अनुसार, बुधवार ७२४ परिवारका ३,६९३ जना अफगान नागरिकले आफ्नो निर्वासन...

इरानले ट्रम्पको सम्झौताको दाबी अस्वीकार, अन्तिम निर्णय अझै बाँकी

इरानी अधिकारीहरूले अमेरिकासँग कुनै अन्तिम समझौता नभएको प्रस्ट पारेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेअनुसार सम्झौता सम्पन्न...

दक्षिण कोरियाको शानदार जित, चेकियालाई २–१ ले पराजित

फिफा विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले पराजित गरेको छ। विश्रामपछि खेलमा व्यवस्थित भएर फर्किएको चेकियाले दोस्रो...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्