काठमाडौं — आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ।
नेपाल सुन-चाँदी व्यवसाय महासङ्घका अनुसार सुनको मूल्यमा तोलाप्रति रु ५,१०० र चाँदीमा रु ९० को कमी आएको छ।
नयाँ मूल्यअनुसार एक तोला सुनको दाम रु २,८६,७०० पुगेको छ।
चाँदीको मूल्य एक तोला रु ४,६५० निर्धारण गरिएको छ।
हिजो सुनको मूल्य रु २,९१,८०० र चाँदी रु ४,७४० थियो।
गत मङ्गलबार सुनको भाउ रु ३,०१,९०० र चाँदीको रु ४,९२५ थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य ४,१०० अमेरिकी डलर र चाँदीको ६३ डलरमा रहेकाले स्वदेशी मूल्यमा प्रभाव परेको छ।


