सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका बहुमत सांसदहरूले संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्व हटाउनका लागि दलको कार्यालयमा अविश्वास प्रस्ताव औपचारिक रूपमा दर्ता गरेका छन्।
प्रस्तावमा कुल ९ जना प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको छ। स्रोतका अनुसार दलको नेतृत्व परिवर्तन गर्न काँग्रेसभित्रैबाट यस्तो चलखेल शुरु भएको हो।
प्रदेशसभामा नेपाली काँग्रेसका १८ जना सदस्य छन् भने, तीमध्ये प्रकाश देउवा विदेशमा रहेको जानकारी प्राप्त भएको छ।
प्रस्ताव दर्ता पश्चात काँग्रेसका अधिकांश सांसदहरूले विशेष बैठक बसिरहेको बताइएको छ।


