मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार आठ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। सोमबार प्रतितोला दुई लाख ७४ हजार सात सय रुपैयाँमा किनबेच भएको सुन मंगलबार दुई लाख ७६ हजार पाँच सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला एक सय ४५ रुपैयाँले बढ्न पुगेको छ। यससँगै असली चाँदीको मूल्य प्रतितोला पाँच हजार तीन सय ४० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला पाँच हजार एक सय ९५ रुपैयाँमा कारोबार भएको थियो।


