बुधबारको कारोबारमा सेयर बजार परिसूचक नेप्से ४६.७८ अंकले घट्दै २७९६.५७ बिन्दुमा झरेको छ। सो दिन कुल ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १३ अर्ब नाघेको छ।
कारोबारमा रिडी पावर कम्पनी सबैभन्दा अगाडि रह्यो भने वर्षकै उच्च कारोबार उसैले गर्यो।
सालपा विकास बैंकका लगानीकर्ताले आजको बजारमा सबैभन्दा ठूलो लाभ हात पारेका छन्। बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, कालिका पावर कम्पनीका लगानीकर्ताहरूले भने सबैभन्दा धेरै क्षति बेहोर्नुपर्यो। कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।


