Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

सरकारका विविध निर्णय : अध्ययन समितिको कार्यावधि थप, भूमि समस्या समाधान अध्यक्षमा बाँस्तोला नियुक्त

सम्बन्धित आयोगको सिफारिसमा आधारित भदौ २३ र २४ गतेको प्रदर्शनका घटनाको सुरक्षा संयन्त्र अध्ययनका लागि गठित समितिको कार्यावधि ४५ दिनले बढाइएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन्।

बैठकले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बाँस्तोला र सदस्यमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङकी पद्मिनी सोती तथा काठमाडौंकै डा. रेहना श्रेष्ठलाई नियुक्त गरेको छ।

साथै, सरकारको बैठकले युएनइपीबाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणका लागि मोटेरल पोर्टोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै, सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय समेत बैठकले गरेको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

गाउँ फर्किएर व्यवसाय थालेपछि टक्सार बजारमा रौनक फिर्ता

टक्सार, भोजपुर — रोजगारको खोजीमा बाह्र वर्षअघि काठमाडौँ पसेका सुजन उदास आफ्नै जन्मभूमि टक्सार फर्किएर व्यवसाय थाल्ने कल्पना...

एमाले अध्यक्ष ओलीले संगठन मजबुत बनाउने अभियानमा कार्यकर्तालाई लाग्न आह्वान

काठमाडौं, जेठ २० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संगठनलाई बलियो बनाउन नेता र...

इरानी मिसाइल आक्रमणले कुवेत विमानस्थलमा क्षति, अमेरिकी जवाफी कारबाही तीव्र

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन र मिसाइल आक्रमणले ठूलो संख्यामा व्यक्ति घाइते भएका छन्। कुवेतको सरकारी समाचार...

नक्सालबाट दुई चिनियाँ नागरिक शंकास्पद गतिविधिमा पक्राउ

काठमाडौंको नक्साल क्षेत्रबाट शंकास्पद क्रियाकलापमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्