Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

न्यूयोर्कमा आयोजित अन्तर्राष्ट्रिय प्रदर्शनमा नेपालको सांस्कृतिक विविधताको झल्को

नेपालले आफ्ना सांस्कृतिक सम्पदाका प्रतीकसँगै न्यूयोर्कमा आयोजना भएको अन्तर्राष्ट्रिय बजार प्रदर्शनीमा सहभागिता जनाएको छ।

संयुक्त राष्ट्रसंघका लागि नेपाल स्थायी नियोगले संयुक्त राष्ट्रसंघ कर्मचारी जीवनसाथी क्लब (UNDSC) द्वारा आयोजना गरिएको वार्षिक संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय बजारमा नेपालका समृद्ध सांस्कृतिक सम्पदा र मौलिक पहिचान दर्शाउने सामग्रीहरू प्रस्तुत गरेको हो। यस कार्यक्रमले सांस्कृतिक विविधता, मित्रता र मानव एकताका मूल्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको थियो।

नेपालले प्रदर्शनीमा परम्परागत कला, हस्तकला तथा विविध सांस्कृतिक सामग्रीमार्फत आफ्नो सिर्जनशीलता, सीप र राष्ट्रिय विशेषता उजागर गरेको थियो। नेपाली स्टलमा रहेका सामग्रीले आगन्तुकहरूको आकर्षण पाएको थियो।

विश्वका विभिन्न देशले आ–आफ्ना मौलिक उत्पादन, संस्कृति, परम्परा तथा परिकारको प्रदर्शनी गरेका थिए।

नियोगले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताले सांस्कृतिक, मित्रता र सहानुभूतिका माध्यमबाट सबैलाई समेट्ने, एकताबद्ध र आपसी सम्बन्ध मजबुत बनाउने वातावरण सृजना हुने विश्वास व्यक्त गरेको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

गाउँ फर्किएर व्यवसाय थालेपछि टक्सार बजारमा रौनक फिर्ता

टक्सार, भोजपुर — रोजगारको खोजीमा बाह्र वर्षअघि काठमाडौँ पसेका सुजन उदास आफ्नै जन्मभूमि टक्सार फर्किएर व्यवसाय थाल्ने कल्पना...

एमाले अध्यक्ष ओलीले संगठन मजबुत बनाउने अभियानमा कार्यकर्तालाई लाग्न आह्वान

काठमाडौं, जेठ २० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संगठनलाई बलियो बनाउन नेता र...

इरानी मिसाइल आक्रमणले कुवेत विमानस्थलमा क्षति, अमेरिकी जवाफी कारबाही तीव्र

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन र मिसाइल आक्रमणले ठूलो संख्यामा व्यक्ति घाइते भएका छन्। कुवेतको सरकारी समाचार...

नक्सालबाट दुई चिनियाँ नागरिक शंकास्पद गतिविधिमा पक्राउ

काठमाडौंको नक्साल क्षेत्रबाट शंकास्पद क्रियाकलापमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्