Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

मधेश प्रदेशमा युवा चालकको बाइक मोहले दुर्घटना दर उच्च

जनकपुरधाम — मधेश प्रदेशका समथर भूगोल र चिल्ला सडकमा युवाहरूको तीव्र गतिमा मोटरसाइकल चलाउने रहरले सडक दुर्घटनाको जोखिम बढ्दो छ। ट्राफिक नियमको अवमूल्यन गर्दै तीव्र गतिमा दौडिने प्रवृत्तिलाई नियन्त्रण गर्न नसक्दा पछिल्लो समय दिनहुँजसो युवा सडक दुर्घटनामा पर्न थालेका छन्।

तथ्यांकअनुसार, पछिल्ला तीन वर्षमा मधेश प्रदेशमा सर्वाधिक दुर्घटना मोटरसाइकलले मात्रै गराएका छन्। पथलैया स्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार यो अवधिमा १९ हजार ७९३ बाइक दुर्घटनाका घटना भएको देखिएको छ। ज्यान गुमाउने र घाइतेमध्ये अधिकांश २५ देखि ४० वर्ष उमेर समूहका युवकहरू नै हुन्।

एकै अवधिमा १,२१७ सवारी दुर्घटना यात्रुबाहक बसबाट, २,६१८ माईक्रो वा टेम्पो र १,९१२ जीप, कार, भैनेबाट भएका छन् भने अन्य सवारीसाधनबाट ३,२९८ दुर्घटनाको विवरण छ। ती दुर्घटनामा १,५३७ जनाले ज्यान गुमाएका छन् भने ३२ हजार ८२५ जना घाइते छन्। चालक उमेर समूह हेर्दा ४० प्रतिशत २५ देखि ४० वर्ष र ३९ प्रतिशत १६ देखि २५ वर्षका युवाहरू दुर्घटनामा बढी संलग्न भएको प्रहरीको तथ्यांक छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, “प्रदेशभर हुलाकी र भित्री सडकमा सवारी चाप अत्यधिक छ। सडक सञ्जालको तुलनामा ट्राफिक प्रहरी एकाइ र व्यवस्थापन सामाग्री कम छन्, जनशक्ति र सरोकारवालाबीच समन्वयको अभाव छ। यी चुनौतीका बाबजुद सडक दुर्घटना न्यूनिकरणका प्रयास विश्वसनीय रूपमा भइरहेका छन्।” प्रदेशमा ३०२ जना ट्राफिक प्रहरी दरबन्दी भए पनि ५२५ जना कार्यरत छन्। १८ वटा मात्र दरबन्दी ट्राफिक पोष्ट रहेका भए पनि ८१ वटा अस्थायी पोष्ट सञ्चालनमा छन्।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार, “सवारी साधन दर्ता वार्षिक रूपमा बढिरहे पनि पूर्वाधार त्यही अनुपातमा विकास भएको छैन। नेपाल प्रहरीको जम्मा ३.५ प्रतिशत मात्रै ट्राफिक प्रहरी छ, जसले चुनौती थपिएको छ।” उहाँका अनुसार, यस वर्ष ट्राफिक उपकरण खरिदमा १५ करोड बजेट विनियोजन भएको छ, जसबाट मधेश प्रदेशले अढाई करोड रुपैयाँ पाउनेछ। यसले सडक सुरक्षा र जनचेतनामा टेवा पुग्ने विश्वास लिइएको छ।

मधेश प्रदेशमा ४९ स्थानलाई उच्च जोखिमयुक्त ब्ल्याकस्पटका रूपमा पहिचान गरिएको छ। चालु आर्थिक वर्षको तथ्यांक हेर्दा देशभर एक दिनमै औसत ७.५ जनाले दुर्घटनामा ज्यान गुमाउने गरेका छन् भने १३७ जना घाइते हुने गरेका छन्। पछिल्लो आवमा २५ हजार ८११ सवारी दुर्घटना देशभरि भइसकेका छन्, जसमा २,२७५ जनाको मृत्यु र ४० हजार ९६० जना घाइते भएका छन्।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

गाउँ फर्किएर व्यवसाय थालेपछि टक्सार बजारमा रौनक फिर्ता

टक्सार, भोजपुर — रोजगारको खोजीमा बाह्र वर्षअघि काठमाडौँ पसेका सुजन उदास आफ्नै जन्मभूमि टक्सार फर्किएर व्यवसाय थाल्ने कल्पना...

एमाले अध्यक्ष ओलीले संगठन मजबुत बनाउने अभियानमा कार्यकर्तालाई लाग्न आह्वान

काठमाडौं, जेठ २० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संगठनलाई बलियो बनाउन नेता र...

इरानी मिसाइल आक्रमणले कुवेत विमानस्थलमा क्षति, अमेरिकी जवाफी कारबाही तीव्र

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन र मिसाइल आक्रमणले ठूलो संख्यामा व्यक्ति घाइते भएका छन्। कुवेतको सरकारी समाचार...

नक्सालबाट दुई चिनियाँ नागरिक शंकास्पद गतिविधिमा पक्राउ

काठमाडौंको नक्साल क्षेत्रबाट शंकास्पद क्रियाकलापमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्