Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

नक्सालबाट दुई चिनियाँ नागरिक शंकास्पद गतिविधिमा पक्राउ

काठमाडौंको नक्साल क्षेत्रबाट शंकास्पद क्रियाकलापमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका व्यक्तिहरु वाङ वेन्ड (३३) र चेन शुआन्गुई (३२) हुन्।

यी चिनियाँ नागरिकले ‘भिजिट भिसा’ लिएर नेपाल आएपछि काठमाडौँ महानगरपालिका–१ नक्साल नारायणचौर क्षेत्रमा भिसाको उद्देश्य विपरीत शंकास्पद गतिविधिमा संलग्न भएको सूचना पाएपछि पक्राउ गरिएको हो।

प्रहरीले जानकारी दिएअनुसार उनीहरुले नक्सालको आरआर बिल्डिङमा एन्ट्रो टेक्नोलोजी नामक कार्यालय सञ्चालन गरी विदेशी युवती तथा मोडललाई लाइभ हब एपमार्फत अकाउन्ट खोली विदेशी र भारतीय नागरिकसँग संवाद गरी आर्थिक लाभ असुल्ने जस्ता अवैध कार्य गर्दै आएका थिए।

पक्राै परेका दुबै जनालाई अध्यागमन ऐनअनुसार थप अनुसन्धान तथा कारबाहीका लागि कालिकास्थानस्थित अध्यागमन विभागमा पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

गाउँ फर्किएर व्यवसाय थालेपछि टक्सार बजारमा रौनक फिर्ता

टक्सार, भोजपुर — रोजगारको खोजीमा बाह्र वर्षअघि काठमाडौँ पसेका सुजन उदास आफ्नै जन्मभूमि टक्सार फर्किएर व्यवसाय थाल्ने कल्पना...

एमाले अध्यक्ष ओलीले संगठन मजबुत बनाउने अभियानमा कार्यकर्तालाई लाग्न आह्वान

काठमाडौं, जेठ २० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संगठनलाई बलियो बनाउन नेता र...

इरानी मिसाइल आक्रमणले कुवेत विमानस्थलमा क्षति, अमेरिकी जवाफी कारबाही तीव्र

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन र मिसाइल आक्रमणले ठूलो संख्यामा व्यक्ति घाइते भएका छन्। कुवेतको सरकारी समाचार...

मधेश प्रदेशमा युवा चालकको बाइक मोहले दुर्घटना दर उच्च

जनकपुरधाम — मधेश प्रदेशका समथर भूगोल र चिल्ला सडकमा युवाहरूको तीव्र गतिमा मोटरसाइकल चलाउने रहरले सडक दुर्घटनाको जोखिम...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्