कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले गरेको ड्रोन र मिसाइल आक्रमणले ठूलो संख्यामा व्यक्ति घाइते भएका छन्। कुवेतको सरकारी समाचार एजेन्सीका अनुसार, बुधबार भएको आक्रमणपछि विमानस्थलका सबै उडानहरू स्थगन तथा डाइभर्ट गरिएको छ।
आक्रमणका क्रममा नागरिक उड्डयन प्राधिकरणले टी–१ भवनमा प्रहार भएको पुष्टि गरेको छ। मिसाइलको अवशेषबाट अझै खतरा रहेको भन्दै सर्वसाधारणलाई संवेदनशील हुन उल्लेख गरिएको छ।
कुवेतको सैन्य बलले इरानी ड्रोन आक्रमणले भवनमा ठूलो तबरमा क्षति पुर्याएको र घाइतेको उपचार भइरहेको जानकारी दिएको छ। आक्रमणबंगत्ता विमानस्थलको हवाई यातायात पूर्ण रूपमा बन्द गरिएको छ।
रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलअजीज अल–ओतैबीले इरानले गरेको कारबाहीलाई आपराधिक रुपमा व्याख्या गर्दै सञ्चारमाध्यमलाई घाइतेको उपचारको अवस्था सार्वजनिक गरेका छन्।
इरानमाथि अमेरिकी सैन्य कारबाही
यसैबीच, अमेरिकी सेनाले इरानमा आत्मरक्षाका लागि आक्रमण गरेको र खाडी क्षेत्रतर्फ प्रक्षेपण गरिएका इरानी मिसाइल तथा ड्रोनहरू खसालेको बताएको छ। सेनाको केन्द्रीय कमाण्डले होर्मुज स्ट्रेटमा रहेको केश्म टापुमा इरानी ग्राउन्ड कन्ट्रोल स्टेसनलाई निशाना बनाएको जानकारी दिएको छ।
अमेरिकी सेन्टकमका अनुसार, सो आक्रमण इरानको मध्यपूर्वभर फैलिएको आक्रमण प्रयासको प्रतिक्रिया स्वरूप थियो। सो कारबाहीमा नागरिक जहाजतर्फ लागेको तीन इरानी आक्रमणकारी ड्रोन पनि खसालिएको छ।
इरानले भने क्षेत्रीय अमेरिकी ठेगाना तथा हेलिकप्टरहरूमा मिसाइल र ड्रोन प्रयोग गरी जवाफी हमला गरेको दाबी गरेको छ। सेन्टकमले तेहरानले कुवेततर्फ दुई र बहराइनतर्फ तीन मिसाइल प्रहार गरेको जनाएको छ।
कुवेतलाई लक्षित दुई मिसाइल मध्यमार्गमै टुक्रिएको, बहराइनमा तिनै मिसाइल अमेरिकी तथा बहराइन वायु रक्षा बलले नष्ट गरेको सेन्टकमले स्पष्ट गरेको छ।
इरानको रिभोलुसनरी गार्ड्सले होर्मुज जलसन्धिको सुरक्षामा बाधा पुग्न सक्छ भन्ने चेतावनी दिदै अमेरिकी सेनालाई भारी मूल्य चुकाउने बताएको छ।
अमेरिकी मिसाइलले तेल ट्याङ्करमा हमला
अघिल्लो दिन सेन्टकमले बोत्स्वाना झन्डा बोकेको ‘एम/टी लेक्सी’ नामक रित्तो तेल ट्याङ्करमा अमेरिकाले मिसाइल हमला गरी निष्क्रिय बनाएको बताएको थियो। खार्ग टापु (इरान) तर्फ गइरहेको उक्त ट्याङ्करले अमेरिकी सेनाको २४ घण्टे चेतावनी बेवास्ता गरेपछि इन्जिन कोठामा हेलफायर मिसाइल प्रहार भएको थियो। यस आक्रमणको भिडियो फुटेज सेन्टकमले सार्वजनिक गरेको छ।


