Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

दक्षिणी लेबननमा हेजबुल्लाहसँगको संघर्षमा चार इजरायली सैनिकको मृत्यु

दक्षिणी लेबननमा सोमबार बेलुकी इजरायली सैनिक र हेजबुल्लाह लडाकुबीच भएको गोली हानाहानमा चार जना इजरायली सैनिकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

इजरायल रक्षा बल (आईडीएफ) ले मारिएका चार सैनिकमध्ये तीन जनाको नाम सार्वजनिक गरेको छ। टाइम्स अफ इजरायलका अनुसार मृतक सैनिकहरुमध्ये २२ वर्षीय क्याप्टेन नोआम माडमोनी सेडेरोटका, २१ वर्षीय स्टाफ सार्जेन्ट बेन कोहेन लेहाभिमका, र २१ वर्षीय स्टाफ सार्जेन्ट म्याक्सिम एन्टिस ब्याट यामका हुन्।

चौथो सैनिकको नाम आईडीएफले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

यी सबै सैनिक नाहल ब्रिगेडको रिकोनिसेन्स युनिटमा कार्यरत थिए।

घटनामा एक सैनिक गम्भीर घाइते भएका छन् भने अर्का रिजर्भिस्ट सैनिक सामान्य घाइते भएका छन्।

आईडीएफका अनुसार सोमबार साँझ ६:३० बजे दक्षिणी लेबननको पश्चिमी क्षेत्रमा अपरेसनको क्रममा नाहल रेकनिसेन्स युनिटका सैनिकले हेजबुल्लाह लडाकु समूह देखेपछि गोली हानाहान सुरु भएको हो।

हेजबुल्लाहका लडाकुहरूले इजरायली सैनिकमाथि मिसाइल आक्रमण पनि गरेका थिए, तर उक्त आक्रमणबाट अन्य सैनिकमा कुनै अतिरिक्त चोटपटक देखिएको छैन।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्