जापानको उत्तरपूर्वी फुकुसिमा शहरमा भालुको आक्रमणमा परी चार नागरिक घाइते भएका छन् । स्थानीय मिडियाका अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
मंगलबार बिहान करिब ६ः३० बजे निर्माण कम्पनीमा कार्यरत दुई पुरुषलाई भालुले आक्रमण गरेको विवरण प्रहरी तथा अग्नि नियन्त्रण विभागले जनाएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था अनुसार घटनास्थलमा तत्काल उद्दार कार्य अघि बढाइएको थियो ।
भालु त्यसपछि छिमेकी बस्तीमा पस्दा ८० वर्षीया महिला र ६० वर्षका कार्यालय कर्मचारीलाई पनि आक्रमण गरेको बताइएको छ । घटना क्रमले स्थानीयवासीमा डर पैदा गरेको छ ।
गत हप्तादेखि फुकुसिमा क्षेत्रमा भालु देखिएको प्रहरीको भनाइ छ । भालु अझै नियन्त्रण बाहिर रहेकाले सुरक्षा अधिकारीहरुले जनावरलाई नियन्त्रण गर्न गोली चलाउने अनुमति दिने र आपतकालीन घोषणा गर्ने विषयमा छलफल जारी रहेको जानकारी दिएका छन् ।


