Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई अब डिजिटल चिट

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई इ–चलान (डिजिटल चिट) दिने प्रणाली सुरु भएको छ । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा नयाँ प्रणालीको उद्घाटन गरिएको हो ।

जारी गरिएको यो ठगीमा चालकले तोकेको जरिवाना रकम डिजिटल पेमेन्ट वालेट मार्फत दिनको अन्त्यसम्म तत्काल तिर्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट प्रणाली लागू हुने भएको छ । डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै यन्त्र उपलब्ध गराइएको छ ।

‘इचलान डिजिटल’ एपमार्फत ट्राफिक प्रहरीले सडक नियम उल्लङ्घन गर्ने चालकको मोबाइलमा देखाइएको क्यूआर कोड स्क्यान गरी कारबाहीको विवरण प्रविष्ट गर्नेछ । त्यसपछि ट्राफिक नियम उल्लङ्घन गर्ने स्तम्भ, कसुर र जरिवाना रकम नागरिकलाई बुझाउने र जरिवाना तिर्ने साधनको विवरणसहितको ‘डिजिटल चिट’ देखाउने व्यवस्था मिलाइएको छ । यससँगै चालकले ‘डिजिटल वालेट’ मार्फत जरिवानाको रकम तत्काल तिर्न सक्नेछन् ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्