Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

संखुवासभाको चिचिलामा एक जनाको हत्या,संलग्न व्यक्ति पक्राउ

संखुवासभा । चिचिला गाउँपालिका-३ का ३६ वर्षीय विकाश राईको हत्या भएको छ । विकाश अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । हत्या गरेर फ्याँकेको अवस्थामा चिचिला गाउँपालिका-३ स्थित भिरमा शव भेटिएको प्रहरीले जनाएको छ ।

सडेगलेको अवस्थामा शव फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए । उनकाअनुसार भिरमा शव रहेको शनिबार साँझ थाहा भएको थियो । आइतबार बिहान भिरबाट निकालेर शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको डीएसपी बस्नेतले बताए ।

अप्ठेरो भिरमा सडेगलेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेको हो । घटनाको प्रकृति हेर्दा हत्या नै गरेर भिरबाट शव फ्यालिदिएको प्रष्ट हुने प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार उनको हत्या कात्तिक १८ गते भाइटीकाकै दिन भएको हो । विकाशको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चिचिला ३ का प्रदीप राईलाई पक्राउ गरेको छ । प्रदीप आफैंले प्रहरीलाई घटनाको जानकारी गराएका हुन् ।

गाउँलेहरुले भने विकाशबाट असुरक्षित भयौं भनेर केही दिनअघि प्रहरीसमक्ष सुरक्षाको माग पनि गरेका थिए । त्यसपछि प्रहरीले पनि उनको खोजी गरिरहेको थियो । प्रहरीकाअनुसार अपराधिक पृष्ठभूमिका विकाश जेलबाट २ महिनाअघि मात्रै छुटेका थिए । लागुऔषध ऐनअन्तर्गतको मुद्दामा उनी दोषी ठहर भएर सजाय भुक्तान गरी छुटेका हुन् । प्रहरीले उनलाई पछिल्लोपटक २०८० मंसिर १७ गते खाँदबारी नगरपालिका–७ बाट पक्राउ गरेको थियो । विकाशको घर खाँदबारी–७ मा पनि छ । चिचिला गाउँपालिकामा मंसिर १४ गते डेढ किलोग्राम गाँजा फ्यालेर उनी फरार भएका थिए ।

त्यसको ३ दिनपछि पक्राउ गरेर प्रहरीले लागुऔषध मुद्दा चलाएको थियो । त्योसहित उनी विभिन्न मुद्दामा १० पक्राउ परिसकेका थिए । प्रहरीका अनुसार विकाशले विभिन्न व्यक्तिहरुलाई आक्रमण एवं कुटपिट गर्ने, व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने तथा लागुऔषध बिक्री गर्ने गरेका थिए । उनीविरुद्ध ६ पटक सार्वजनिक अपराध, २ पटक ज्यान मार्ने उद्योग र २ पटक लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलेको थियो । सबैभन्दा पहिला आर्थिक वर्ष २०६५/०६६ मा सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा चलेको रेकर्ड प्रहरीसँग छ । त्यसपछि विकाशविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत एवं अभद्र व्यवहार मुद्दा चलेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०६७/०६८ र २०७५/०७६ मा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलेको थियो । आर्थिक वर्ष २०७५/०७६ र २०८०/०८१ मा लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलेको छ ।

विभिन्न मुद्दामा उनलाई अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको थियो । तर, सजाय भुक्तान गरेर छुटेपछि उनी लगत्तै अपराधमा संलग्न भइहाल्थे । आर्थिक वर्ष २०६७/०६८ मा चलेको ज्यान मार्ने उद्योग मुद्दामा उनीविरुद्ध सबैभन्दा बढी ५ वर्ष कैद सजाय भएको थियो । त्यसपछि पनि विभिन्न समयमा अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गर्दै छुटेका व्यक्ति हुन्, विकाश । उनले मच्चाउने अपराधिक राजका कारण सर्वसाधारणले निक्कै असुरक्षित महसुस गर्ने गरको प्रहरीको भनाइ छ ।

विकाशबाट असुरक्षित भयौं भनेर पटकपटक सर्वसाधारण आउने गरेका थिए । पक्राउ गरेर मुद्दा चलाए पनि छुटेपछि गएर पुनः अपराधमा संलग्न हुन्थे ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्