Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

पाथीभरा तनाव : ताप्लेजुङमा आजदेखि अनिश्चितकालीन यातायात बन्द घोषणा

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा चालक कुटपिटको विरोधमा ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आज (शुक्रबार) देखि अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेको छ । उनीहरुले मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका र ताप्लेजुङका शाखा सडकहरूमा यातायात बन्दको आह्वान गरेका हुन् ।

घाइतेहरूको उद्धार तथा उपचारको सहजीकरणको लागि फुङलिङबाट काफ्लेपाटी हुँदै पाथीभरा केबलकारको निर्माणाधीन बेस स्टेसनतर्फ गएको अधिकारकर्मी, व्यवसायी र रेडक्रसकर्मी चढेको सवारी नो केबलकार’ पक्षधरहरू आन्दोलनकारीले तोडफोड र चालक कुटपिट गरेको घटनाको विरोधमा यातायात बन्दको आह्वान गरेका हुन् ।

मे.१ ज २५७९ नम्बरको सवारीका घाइते चालक ४३ वर्षीय राजकुमार पौडेलको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि बाहिरी जिल्ला रेफर गरिएको छ । ताप्लेजुङ जिल्ला अस्पतालका डाक्टर प्रणाम जैरुले यहाँ उपचार सम्भव नभएपछि पौडेललाई रेफर गरिएको जानकारी दिएका छन् ।

पाथीभरा यातायात सेवा प्रालिका ताप्लेजुङ, पाँचथर, इलाम र झापाका संयोजकहरूले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा तोडफोड र कुटपिटमा संलग्नलाई कारबाही, घाइतेको उपचार र सवारी साधनको मर्मतको माग गरिएको छ। उक्त माग पूरा नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सवारी बन्दको घोषणा गरिएको छ ।

मुक्कुमलुङ पदयात्राको अन्तिम दिन बिहीबार ‘नो केबलकार’ पक्षधरहरू निर्माणाधीन बेस स्टेसनतर्फ जान अघि बढेपछि भएको झडपमा १३ जना घाइते भएका थिए । घाइते पक्षको उद्धारका लागि फुङलिङबाट गएको रेडक्रस सभापति इन्द्रबहादुर गुरुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू र इन्सेक प्रतिनिधि एलिना दियाली चढेको सवारी आन्दोलनरत पक्षले तोडफोड र चालक पौडेललाई कुटपिट भएको रेडक्रस सभापति गुरुङले बताए ।

घाइतेमध्ये सुरक्षाकर्मीतर्फ ११ जना, आन्दोलनरत पक्षतर्फ एक जना र सर्वसाधारण एक जना रहेका छन् । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीको तर्फबाट ७ राउण्ड अश्रुग्याँस प्रहार गर्नु परेको छ । मुक्कुमलुङ पदयात्राको टोली केबलकारको निर्माणाधीन बेस स्टेसन भन्दा करिब २० मिनेटको दूरीमा रहेको क्षमा पूजा स्थलबाट केबलकार बेस स्टेसनतर्फ अघि बढेको थियो ।

बेस स्टेसनको भित्री भागतर्फ प्रवेश गर्न खोजेका आन्दोलनरत पक्षलाई रोक्ने प्रयासको क्रममा ढुङ्गामुढाको अवस्था आएपछि प्रहरीले लाठी चार्ज र अश्रुग्याँस प्रहार गर्नु परेको स्थानीय सुरक्षा स्रोतले जनाएको छ । आन्दोलनरत पक्षले बेस स्टेसन क्षेत्र आसपासमै कोणसभा गरेर बेस स्टेसन क्षेत्र नछाडेपछि राति जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू घटनास्थलतर्फ गएका थिए ।

क्षमा पूजाका नाममा राजेन्द्र महतो, रकम चेम्जोङ, डकेन्द्रसिंह थेगिम, राम मादेन, प्रेम एक्तेन, चन्द्र मादेन सहितका नेताहरू त्यहाँ पुगेको दाबी प्रशासनले गरेको छ। भाषण सकिएपछि सुरक्षा निकायले राखेको घेरा तोडेर ढुंगामुढा गरेपछि अश्रुग्यास प्रहार गर्नु परेको प्रशासनले जनाएको छ।

रातिको केबलकार क्षेत्रमा रहेको केबलकार निर्माण कम्पनीको स्काभेटर निर्माणस्थलबाट काफ्लेपाटीसम्म फर्काइएको छ । आन्दोलनरत पक्षले निर्माण उपकरण र निर्माण क्षेत्रमा रहेका कामदार फिर्ता हुनुपर्ने माग राखेका थिए । केबलकार निर्माण क्षेत्रमा रहेको स्काभेटर काफ्लेपाटीमा रहेको पर्यटक प्रहरी सहायता केन्द्रको नियन्त्रणमा राखिएको छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्