Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

गालीगलौजको अपसँस्कृतिले जस्तो व्यवस्था र जो आए पनि देश बन्दैन – शंकर पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा बढ्दो घृणा, आक्रोश, गालीगलौजको अपसंस्कृति भित्रिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

आज (सोमबार) बिहान समाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘आजभोलि नेपाली समाजमा विशेष गरी सामाजिक सञ्जालमा जुन प्रकारको घृणा, आक्रोश र गालीगलौचको अपसंस्कृति भित्रिएको छ, यो कायम रहने हो भने जो नेता भए पनि जस्तो शासन व्यवस्था आए पनि देश र समाजको अधपनलाई कसैले रोक्न सक्दैन।’

महासचिव पोखरेलले देशको विकास र समृद्धिका लागि नेतृत्वप्रति विश्वास र भविष्यप्रति आशावादी दृष्टिकोण आवश्यक रहेको बताए । उनका अनुसार काम गर्न सक्नेलाई समर्थन र प्रोत्साहनको वातावरण चाहिन्छ । ‘सबै उस्तै हुन् भन्ने भावनाले समाजलाई फगत निरासातर्फ मात्र धकेल्दछ । समाजको नेतृत्व गर्न चाहने व्यक्ति, समूह र राजनीतिक दलहरु यस्ता कुरामा गम्भीर हुनु पर्दछ’, महासचिव पोखरेलले भने ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्