Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कानून व्यवसायीसहित निर्वाचन आयोग पुग्यो रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री कविन्द्र बुर्लाकोटी पार्टीको विवरण अद्यावधिक नभएको विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेका छन् । उनी केही कानून व्यवसायीसहित आयोगको कार्यालय पुगेका हुन् ।रास्वपाले एक वर्षअघि नै पार्टीको विवरण अद्यावधिक गर्न निवेदन दिए पनि आयोगले अहिलेसम्म कार्यान्वयन गरेको छैन । यही विषयमा कुराकानी गर्न आएको बुर्लाकोटीले जानकारी दिएका छन् । ‘हामीले सबै कागजात पेश गरिसकेका छौं । अदालतले पनि कुनै स्टे अडर दिएको छैन । तर, पनि आयोगले विवरण अद्यावधिक नगरेपछि छलफलका लागि आएका हौं,’ उनले भने ।

रास्वपा निष्काशित महामन्त्री डा. मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध अदालतमा हालेको मुद्दा विचाराधीन छ । तर, मुद्दा पर्नासाथ अद्यावधिक गर्ने प्रक्रिया नै रोक्नुपर्ने कुनै कारण नरहेको बुर्लाकोटी बताउँछन् । ‘मुद्दामा अदालतले अन्तरिम आदेश नदिएकाले विवरण अद्यावधिक गर्न आयोगलाई कुनै पनि वाधा छैन,’ बुर्लाकोटीले भने ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्