Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

खेलकुदमन्त्री चौधरीबाट एक वर्षको प्रगति सार्वजनिक

काठमाडौं, १६ साउन । युवा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षमा सातै प्रदेशमा युवाका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । मन्त्री तेजुलाल चौधरीले आफूले एक वर्षमा गरेका काम, प्रगति र अबको रणनीति सार्वजनिक गर्दै यस वर्ष युवाका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने बताउनुभएको हो ।

उहाँका अनुसार सरकारले भक्तपुरमा ५० हजार सिट क्षमताको फुटबल रङ्गशाला निर्माण कार्य अघि बढाएको छ । अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्डहल निर्माणका लागि काठमाण्डौ उपत्यकाभित्र जग्गा प्राप्तिको काम भइरहेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।

सरकारले दोलखा, मुस्ताङ, जुम्ला र सोलुखुम्बुमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण कार्य पनि अघि बढाएको छ । मन्त्री चौधरीले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि २०८२ को मस्यौदा तयारी भएको बताउनुभयो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सहकारी संस्थामार्फत युवालाई स्वरोजगार बनाउन प्रवाह गरिएको ऋणमध्ये असूल गर्न बाँकी रहेको एक अर्ब ३१ करोड १४ लाख रुपैयाँ गएको आर्थिक वर्षमा असूल गरेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री चौधरीका अनुसार गएको आर्थिक वर्षमा मन्त्रालयको पूँजीगततर्फ ५१ करोड ८८ लाख ३५ हजार विनियोजित बजेटमध्ये ३८ करोड ६० लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । मन्त्रालयले गएको आर्थिक वर्षमा ७४ दशमलव ४२ प्रतिशत वित्तीय प्रगति गरेको छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्