Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सगरमाथा जाने बाटो भत्किएपछि आरोहण ठप्प

काठमाडौँ, वैशाख २३ गते । सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि आरोहण ठप्प भएको छ । पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको हो ।

बाटो भत्किएसँगै राउन्ड ट्रिप आरोहणका लागि उकालो हिँडेका र आधार शिविर झर्ने क्रममा रहेका आरोहीहरू माथि नै रोकिएको छ । आरोहण तालिकामा समस्या आउने देखिएसँगै तत्काल बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई अनुरोध गरी सकिएको सम्पर्क अधिकृत दावा फुटी शेर्पाले जानकारी दिनुभयो । क्याम्प चारको लक्ष्यका साथ शनिवार राती आधार शिविरबाट उकालो हिँडेका आरोही गाइड सहित ६० जना भन्दा बढी आधार शिविरनै फिर्ता आउनु परेको गाइड कुङगा शेर्पाले आधार शिविरबाट जानकारी दिनुभयो ।

आधार शिविर देखि क्याम्प दुई सम्मको बाटो निर्माणको जिम्मा समितिले लिँदै आएको छ । बाटो निर्माण भएमा सोमबार बिहानै देखि आरोहण नियमित गर्ने तयारीमा रहेको गाइड छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

मे १३/१४ मा चुचुरोसम्मको बाटोमा डोरी टाँग्ने लक्ष्यका साथ फिक्सीङ टोलीले काम अघि बढाएको जानकारी भएको उहाँले बताउनुभयो । यस वर्ष खुम्बु आइफल क्षेत्रमा हिम पहिरोका कारण बाटो भत्किएपछि गतवर्षहरुमा प्रयोग हुँदै आएको बाटो नभएर सन् २००४ मा प्रयोग गरिएको अर्को बाटोबाट डोरी टाँगिएको छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्