Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

संसद् पुनःस्थापनाबारे ओली समूहको माग हास्यास्पद : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक–पटक संसद् विघटन गर्नेहरू अहिले त्यसको पुनःस्थापनाको माग गर्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको समूहले विघटन गरेको संसद् पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद रहेको बताए।

आगामी माघ २१ मा हुने निर्वाचन संविधान र लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण अंग भएको बताउँदै प्रचण्डले निर्वाचन अवरुद्ध भए देशमा अराजकता बढ्न सक्ने चेतावनी दिए। उनले निर्वाचनमा अवरोध ल्याउने प्रयास नगर्न सबै पक्षलाई आग्रह गर्दै राष्ट्रिय सहमतिमा चुनाव सम्पन्न गर्नु अपरिहार्य रहेको जोड दिए।

प्रचण्डले निर्वाचनका लागि सरकार गम्भीर रहेको विश्वास व्यक्त गर्दै हालको संविधान केही हदसम्म दिशाबाट चुकिएको स्वीकारे। संविधानलाई सही मार्गमा ल्याउन संशोधन आवश्यक रहेको उल्लेख गर्दै, समाजवादी मोर्चाका वाम दलहरू बीच छिट्टै औपचारिक एकता घोषणा हुने जानकारी दिए।

जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीका रूपमा चित्रण गर्ने प्रचण्डले उनीहरूलाई अपमानजनक टिप्पणी नगर्न स्पष्ट पार्नुभयो। उनले क्रान्तिमा मित्र र दुस्मन छुट्याउन नसक्दा उपलब्धी संस्थागत गर्न कठिन हुने बताएर, सबैलाई मित्र शक्ति पहिचान गर्न आग्रह गरे।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्