आईसीसी टी–२० विश्वकपको ट्रफी आगामी जनवरीमा नेपालमा प्रदर्शन गरिने भएको छ।
सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने विश्वकपकै ट्रफी टुर अन्तर्गत जनवरी ५ देखि ७ तारिखसम्म नेपाल क्रिकेट संघ (क्यान)को व्यवस्थापनमा ट्रफी नेपालमा रहनेछ। ट्रफी भ्रमणको अन्य कार्यक्रम र विस्तृत विवरण केही दिनभित्रै सार्वजनिक गर्ने क्यानले जानकारी दिएको छ।
यसै विश्वकपमा नेपालले पनि सहभागिता जनाउनेछ। नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ उसका प्रतिस्पर्धीमा बंगलादेश, इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिज रहेका छन्।


