Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

रूपन्देहीको लुम्बिनी रिसोर्ट अब ‘मेरियट’ ब्रान्डमा, नेपालमै पहिलो वाटर एवं ग्रीन सर्टिफाइड फाइभ स्टार होटल बन्ने

रूपन्देहीको सियारी-५ मा २०७५ सालदेखि सञ्चालन हुँदै आएको ‘लुम्बिनी प्यालेस रिसोर्ट’लाई स्तरोन्नति गर्दै अब ‘लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पा’ ब्रान्डमा पुनः सञ्चालन गरिने भएको छ। सञ्चालक समूहले यो रिसोर्ट पाँच तारे होटलको श्रेणीमा पर्ने बताउँदै नयाँ नामसहित विश्वविख्यात मेरियट इन्टरनेसनलसँग सहकार्यमा अघि बढाउने निर्णय गरेको छ।

मेरियट इन्टरनेसनलकी तर्फबाट एशिया–प्यासिफिक प्रमुख सञ्चालन अधिकृत नीरज गोभिल, साउथ एसिया डेभलपमेन्ट सिनियर भाइस प्रेसिडेन्ट किरण अन्डीकट, जुही रोयलगायत अधिकारी तथा लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडका अध्यक्ष दीपक पाण्डे, प्रबन्ध सञ्चालक रोशन कुमार न्यौपानेसहित उच्च पदाधिकारीको उपस्थितिमा होटल व्यवस्थापन सम्झौता गरिएको छ। काठमाडौं उपत्यकाबाहिर मेरियटको यो पहिलो होटल हो।

रिसोर्टले यसै आर्थिक वर्षको अन्त्यसम्ममा पाँचतारे होटल सञ्चालन अनुमतिका लागि तयारी गरिरहेको जनाएको छ। नवप्रस्तावित लुम्बिनी मेरियट रिसोर्ट एन्ड स्पामा नेपालकै पहिलो वाटर रिसोर्ट, वाटर फाउन्टेन, वाटर शोज, म्युजिकल फाउन्टेन, त्रीडी वाटर स्क्रिन, मोटर बोटिङ, मिनी क्रुज, वाटर रेस्टुरेन्ट, वाटर स्पा लगायत दर्जनौं जलजन्य गतिविधि उपलब्ध हुनेछन्।

प्राकृतिक वातावरणका समस्या—जस्तै जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र पारिस्थितिक असन्तुलन—मा ध्यान दिँदै रिसोर्टलाई नेपालको पहिलो ग्रीन सर्टिफिकेसन (गोल्ड) सहितको वेलनेस रिट्रिट एण्ड इको रिसोर्टका रूपमा विकास गर्ने योजना छ। यसका लागि वातावरण संरक्षण, ऊर्जा बचत, दिगो विकास र न्यून प्रदूषणका नीति पालन गर्ने लक्ष्य तय गरिएको होटलले जनाएको छ।

नेचुरोप्याथी, दिगो मानव स्वास्थ्यसँगै अर्गानिक सर्टिफिकेसन प्राप्त गर्ने र नेपालमै पहिलो अर्गानिक फाइभ स्टार वेलनेस लक्जरी रिसोर्टको रूपमा अगाडि बढाउने लक्ष्यसहित परियोजना अघि सारिएको छ। यसरी, रिसोर्टलाई नेपालको पहिलो मल्टि स्पेसियालिटी रिसोर्ट बनाउँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलकुद पर्यटन प्रवर्द्धन गर्न उचित पूर्वाधार तयार गरिनेछ।

यस रिसोर्टमा बुद्ध थिम पार्क, मिनी स्तूपाज, मिनी बुद्ध संग्रहालय, ध्यान क्षेत्र, सांस्कृतिक केन्द्रजस्ता संरचना निर्माण हुनेछ। पानी, इको, वेलनेस, खेलकुद, सांस्कृतिक आदिको अनुभव चाहने पर्यटक तथा अन्तर्राष्ट्रिय सम्मेलन, विवाह लगायत विशेष व्यक्तिगत कार्यका लागि यो रिसोर्ट नेपालकै उत्कृष्ट गन्तव्यस्थल बन्ने अपेक्षा होटल व्यवस्थापनले गरेको छ।

होटलको व्यवस्थापन जिम्मा २६ वर्षभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव भएका विजयन्नमरन शन्मुगमलाई दिइएको छ भने व्यवस्थापन तथा सम्पत्ति विकासमा विशेषज्ञहरूलाई कन्सल्ट्यान्टका रूपमा नियुक्त गरिएको छ। स्थानीय रोजगार, उत्पादन प्रवर्द्धन गरी पर्यटन क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्य पनि राखिएको छ।

यसैगरी, होटलले प्राथमिक सेयर निष्कासनका लागि तयारी गरिरहेको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्