Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

‘नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने’

काठमाडौँ । नेपालमा आागमी १० दिनमा मनसुन भित्रिने भएको छ। नेपालको कोशी प्रदेशबाट अबको १० देखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ।

मनसुनजन्य विपद्‌बाट बच्न पूर्वतयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरुले सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका छन्। जलवायुविज्ञ डा। धर्मराज उप्रेतीले अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताए।

उनले यस वर्ष अत्याधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाई तयारीमा जुट्न आग्रह गरे। राज्यले कुन–कुन ठाउँमा कस्तो आपतकालीन पूर्वतयारी गर्ने भन्नेबारेमा समयमै ध्यान दिनुपर्नेमा जोड दिए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा। उप्रेतीले राहत र उद्धारको लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्नहरुको संकलन गरी भण्डारण गर्न आवश्यक भइसकेको बताए। उनले गृह मन्त्रालय, आपतकालीन अवस्थामा खटिने सुरक्षा निकाय, स्वयंसेवक, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभाग र प्रदेश एवं स्थानीय सरकारले आजैबाट विपद्पूर्व तयारीका काम गर्न र तयारीमा जनशक्ति परिचालन गर्न आग्रह गरे।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्