Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

पार्टी बैठकमा देउवाले भने – ओलीसँग मेरो सकारात्मक कुराकानी भएको छ

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको कुराकानीबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएर देउवाले यही १५ गते अध्यक्ष ओलीसँग बालकोटमा भएको भेटबारे जानकारी गराएका हुन् । बैठकपछि नेता मीन विश्वकर्माले बताए अनुसार उक्त भेट ओलीको चाहनामा भएको थियो । देउवाले बैठकमा भने, ‘ओलीले चिया खान भन्दै बोलाउनुभयो । म गएँ, निकै सौहार्दपूर्ण र सकारात्मक रुपमा कुराकानी भएको छ ।’

ओलीसँगको छलफल सकारात्मक रुपमा अघि बढेको देउवाले बताएपछि सहभागी नेताहरुले थप जिज्ञासा राखेका थिए । तर, देउवाले अहिले योबारे धेरै बोल्ने अवस्था नभएको भन्दै टारेका थिए ।

कांग्रेस बैठकले चीन सरकारसँग बीआरआई सम्झौता गर्दा ऋणका रुपमा रकम लिन नहुने ठहर गरेको विश्वकर्माले जनाए । चीनले बीआरआई परियोजनामा अनुदान नै दिनुपर्ने कांग्रेसको निर्णय रहेको उनले बताए ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्