Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

लगातारको बर्षाले देशभर जनजीवन प्रभावित, नारायणगढ–मुग्लिन सडक राति बन्द रहने

काठमाडौं, ११ असोज । निरन्तरको वर्षाले देशका धेरैजसो ठाउँको जनजीवन प्रभावित बनेको छ । पूर्वी नेपालमा ३० घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेको छ ।

गएरातिपछि मध्य नेपालमा मुसलधारे वर्षा भइरहेको छ भने भरे रातिदेखि पश्चिम नेपालमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार झापाको चन्द्रगढी मापन केन्द्रमा २४ घण्टामा २ सय ९९ मिलिमिटर वर्षा मापन भएको छ । एक सय ४० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अति भारी वर्षा भनिन्छ । झापाकै गौरादह, केचना, अनारमनी र बाहुनडाँगी क्षेत्रमा २ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा अन्य क्षेत्रको तुलनामा काम वर्षा मापन भए पनि आज देशैभरि वर्षा भइरहेको छ । पूर्वी नेपालमा भोलि बेलुकादेखि मात्रै वर्षा कम हुँदै जाने मौसमविद् गोविन्द झाले बताउनुभयो । निरन्तरको वर्षाले प्राकृतिक विपत्ति आउन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुरक्षित रहन आग्रह गरेको छ ।

यसैबीच अहिले बाग्मती नदीले ललितपुरमा खतराको तह पार गरेको छ । यस्तै कपिलवस्तुमा वाणगङ्गा, बारामा पसाहा खोला, सिन्धुपाल्चोकमा मेलम्ची र झापामा निन्दा खोला खतराको तहमा पुगेका छन् । यस्तै वर्षाले नारायणी, तिनाउ, बाग्मती, कोशी, केशालिया, कन्काई, मेची, बलान खोला लगायतका ३० भन्दा बढी जलाधार क्षेत्रमा खतराको तह पार गरेको छ । कुनै क्षेत्रमा २४ घण्टामा १ सय ४० मिलिमिटर वा त्योभन्दा बढी पानी परेमा त्यसको जलाधार क्षेत्रमा खतराको तह पार गरेको मानिन्छ ।

बाढी पूर्वानुमान महाशाखाले विभिन्न क्षेत्रमा बाढीको जोखिम रहेको सन्देश पठाइरहेको छ । महाशाखाले पठाएको सन्देशमा कपिलवस्तुको कोइली नदी, सुनसरीमा सेउती, सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, चिसाङ, लोहन्द्रा खोला लगायत अन्य स–साना खोला तथा पाल्पा र आसपासमा कालीगण्डकी नदी, तिनाउ नदी, निस्ती खोला, बिनई नदी, मुकुन्डे खोला लगायत स–साना खोलामा आकस्मिक बाढीको जोखिम छ ।

यस्तै सप्तरी र उदयपुरको त्रियुगा, मौली, खाडोखोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम छ । झापा र आसपासको कन्काई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलामा पनि बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तर झरी परिरहेका सबै क्षेत्रमा साना ठूला खोला तथा नदीमा जोखिम हुने भएकोले सावधानी अपनाउन भनेको छ ।

झरीका कारण सडक यातायात कष्टप्रद भएको छ । अहिलेसम्म मानवीय क्षतिको खबर नआए पनि यात्रुले निकै हैरानी भोगेको बताएका छन् । सडकमा समस्या आएका कारण पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई काठमाण्डौसँग जोड्ने सडकको नारायणगढ–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

 

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्