Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

काठमाडौं, २० कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो ।

इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच सुवोलोले ढकाललाई काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका छन् ।

यो सम्मानले नेपाल र इन्डोनेसियाबिच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र दुई देशबीचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ ।

सो समारोहमा राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबिचको सम्बन्ध सुदृढ हुनुका साथै दुबै देशलाई आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए ।

ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबिच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताए ।

नेपाल र इन्डोनेसियाबिच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरूलाई ‘भिषा फ्रि’ सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिदैँ ढकालले ती सम्झौताले दुई राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबीच हुने सरकारी भ्रमणलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे ।

यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत छन् ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्