Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अन्तिम खेलमा लुम्बिनी पराजित, कर्णालीको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सको प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ । आज (शुक्रबार) लुम्बिनी लायन्सलाई ५ रनले पराजित गर्दै कर्णालीले अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको हो । ६ खेलबाट उसको ८ अंक भएको छ । हारपछि लुम्बिनी भने एक जितमा सीमित बन्यो । लिग चरणका ७ खेलमा उसले चितवन राइनोजलाई मात्र पराजित गर्न सक्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो । उसका लागि टम मुर्सले ३६ र सन्दीप जोराले २४ रनको योगदान गरे । जिसन मक्सुले २ विकेट लिएपनि कर्णालीको हार भने टार्न सकेनन् ।

यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२८ रनको योगफल तयार पारेको थियो। उसका लागि विलिएम बोसिष्टोले सर्वाधिक ४४ रन बनाए । अर्जुन घर्तीले २५ रन जोड्दा बाबर हायात २० रनमा आउट भए । बिकास आग्रीले ३ र तिलक भण्डारीले २ विकेट लिए । लिगमा शुक्रबार नै चितवन राइनोज र विराटनगर किङ्सबीच खेल हुनेछ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्