Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अभिनव साहित्य समाजद्वारा गजल, छन्द र सम्मानको त्रिवेणी कार्यक्रम सम्पन्न

काठमाडौं, ३ पुष । अभिनव साहित्य समाजको आयोजनामा गत शनिबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, ग्रीनहिल सिटीस्थित शिव पाञ्चायन मन्दिर परिसरमा साहित्यिक गतिविधिहरूको सशक्त संगम देखिएको छ। अभिनवको २८६औँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा गजल सङ्ग्रह विमोचन, साहित्यिक पुरस्कार प्रदान तथा कवि गोष्ठी सम्पन्न भएको हो।

कार्यक्रममा इलामका साहित्यकार गङ्गाप्रसाद अधिकारी ‘खोलाघरे साहिँलो’ लाई यस वर्षको बद्रीनाथ अभिनव छन्दोबद्ध कविता साधक पुरस्कार प्रदान गरिएको छ। साथै, गजलकार शर्मिला तिमल्सिना द्वारा रचित “रहर जिन्दगीको” नामक गजल सङ्ग्रहको औपचारिक लोकार्पण गरिएको थियो।

सोही अवसरमा बिहान ११ बजेदेखि सञ्चालन भएको छन्द कविता लेखन तथा वाचन प्रशिक्षणमा सहभागी शिक्षकहरूबीच छन्द कविता वाचन प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट ठहरिएका पाँच जना स्रष्टालाई नगदसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल ले साहित्य समाज परिवर्तनको प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले साहित्यकारहरू समाजका मार्गदर्शक भएको बताउँदै वर्तमान समयमा साहित्य क्षेत्रमा एआईको प्रभाव बढ्दै गएको प्रसंग उठाउनुभयो। देशको दिशा स्पष्ट नभएको अवस्थामा सर्जकहरूले साहित्यमार्फत जिम्मेवारी बहन गर्नुपर्ने उहाँको धारणा थियो।

गजल सङ्ग्रहबारे टिप्पणी गर्दै अभिनव साहित्य समाजका सचिव परशुराम परासर ले “रहर जिन्दगीको” बहरमा आधारित गेयात्मक गजलहरूको सङ्ग्रह भएको बताउनुभयो। उहाँका अनुसार सङ्ग्रहमा शृङ्गारिक भाव मात्र नभई राजनीतिक विसङ्गति, संसदीय अभ्यास, नारी चेतना, सामाजिक तथा समसामयिक विषयवस्तु समेटिएका गजलहरू समावेश छन्।

गजलकार शर्मिला तिमल्सिना ले आफ्ना मातापिता, गुरु तथा साहित्यिक अग्रज–अनुजको प्रेरणाले यो कृति सम्भव भएको बताउनुभयो। विभिन्न पाठशालामा अभ्यास गरिएका विषयवस्तुमा आधारित ८५ वटा गजल समेटिएको यो सङ्ग्रह आफ्नो गजल यात्राको प्रारम्भिक चरणको दस्तावेज भएको उहाँले उल्लेख गर्नुभयो। वि।सं। २०६० फागुन १८ गते गोरखापत्रमा प्रकाशित “धादिङकी पिण्डेश्वरी देवी” शीर्षकको लेखपछि साहित्यिक ऊर्जाले निरन्तरता पाएको उहाँको भनाइ थियो।

कार्यक्रमको समापन गर्दै अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ ले संस्थाले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने नीति अनुरूप निरन्तर कार्यक्रम गर्दै आएको बताउनुभयो।

कवि गोष्ठीमा शान्ति रिसाल, पुनम मिश्र, उत्तम भेटवाल, ध्रुव गजुरेल, बासु पौडेल, मेनुका आचार्य लगायतका स्रष्टाले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्