Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अमेरिकामा भारतीय विद्यार्थी पक्राउ, हमासलाई समर्थन गरेको आरोप

काठमाडौं । हमासलाई समर्थन गरेको आरोपमा अमेरिकामा एक भारतीय मूलका विद्यार्थी पक्राउ परेका छन् । अमेरिकाको एक अदालतले हिरासतमा रहेका विद्यार्थी बदर खान सुरीको सुपुर्दगी गर्न मानेको छैन । बुधबार भर्जिनियाको अलेक्जान्ड्रियाका जिल्ला न्यायाधीश प्याट्रिसिया गिल्सले बदर खान सुरीलाई भारत फिर्ता पठाउने ट्रम्प प्रशासनको प्रयासलाई रोकेका थिए । अर्को आदेश नभएसम्मका लागि उनको सुपुर्दगी स्थगित गरिएको हो ।

बदर खान सुरीकी पत्नी मफाज युसुफ सालेहको याचिकामा न्यायाधीशले यस्तो आदेश दिएका हुन् । मार्च १७ मा अमेरिकी गृह सुरक्षा विभागले प्यालेस्टिनी संगठन हमाससँग सम्बन्ध रहेको आरोपमा बदर खान सुरीलाई पक्राउ गरेको थियो । सुरी वासिङ्टन डीसीको जर्जटाउन विश्वविद्यालयका अनुसन्धानकर्ता हुन् । उनकी श्रीमती माफाज सालेह प्यालेस्टिनी मूलकी अमेरिकी पत्रकार हुन् । मफाज पनि धेरै वर्षदेखि भारतमा बस्दै आएकी थिइन् ।

भारतीय विदेश मन्त्रालयले यस विषयमा मिडिया रिपोर्टबाट मात्रै थाहा भएको र सुरी र उनको परिवारले सहयोगका लागि कुनै सम्पर्क नगरेको बताएको छ । बदर खानले २०११ मा गाजाको मानवीय यात्राको क्रममा आफ्नी पत्नी मफाज सालेहलाई भेटेका थिए । यात्रामा जामिया मिलिया इस्लामिया विश्वविद्यालयका धेरै विद्यार्थीसहित भारतका धेरै कामदार थिए, जो धेरै देश पार गरेर गाजा पुगेका थिए ।

यस भ्रमणको उद्देश्य प्यालेस्टिनी मुद्दाहरूको बारेमा चेतना जगाउनु थियो । त्यसबेला भारतीय अभिनेत्री स्वरा भास्कर पनि यसमा थिइन् । यसबाहेक भारतका अन्य धेरै मजदुरहरुको सहभागिता रहेको थियो । यस यात्राबाट फर्केपछि, बदर फेरि आफ्नो बुबासँग गाजा गए र माफाजसँग विवाह गरे। विवाहपछि बदर खान सुरी र सालेह २०१३ देखि भारतमा बस्दै आएका थिए र करिब डेढ–दुई वर्षअघि उनीहरू अमेरिका गएका थिए ।

बदर खान सुरीले दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयको नेल्सन मण्डेला सेन्टर फर पिस एन्ड कन्फ्लिक्ट रिजोलुसन सेन्टरबाट एमए गरेका छन् र सोही संस्थानबाट पीएचडी पनि गरेका छन् ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्