Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अमेरिकाले युक्रेन, युरोप र नेटो सदस्यसँग छलफल गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलास्काबाट वाशिङ्टन फर्किनुभएको छ । रूसी समकक्षी भ्लादिमिर पुटिनसँग अलास्कामा उच्चस्तरीय भेटवार्ता सकेर उहाँ वाशिङ्टन फर्किनुभएको हो ।

ट्रम्पले पुटिनसँग भएको वार्तापछि युक्रेन मामिलामा थप प्रगति भएको र यसबारेमा युक्रेन, युरोप र नेटो सदस्य देशसँग छलफल गर्ने बताउनुभएको छ ।

ट्रम्प–पुटिन वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । तर उहाँहरुले वार्तालाई निक्कै सकारात्मक र प्रगतिउन्मुख भएको प्रतिक्रिया दिनुभएको छ ।

ट्रम्पले संयुक्त पत्रकार सम्मेलनमा वार्ता सकारात्मक भएको र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, नेटो नेताहरू र अन्य पक्षसँग छलफल गरी वार्ताको विषयमा जानकारी दिने बताएको बीबीसीले जनाएको छ ।

वार्तामा के सहमति भयो भन्ने चासो भए पनि यसबारेमा ट्रम्प र पुटिन दुवैले खुलाउनुभएको छैन ।

रुसी राष्ट्रपति पुटिनले बैठकमा युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक भएको बताउनुभएको छ । साथै उहाँले ट्रम्पसँगको अर्को भेट मस्कोमा गर्न प्रस्ताव समेत गर्नुभएको छ ।

युक्रेनसँगको युद्धविरामका लागि पुटिनले यसअघिका आफ्ना अडानलाई दोहोर्‍याउनुभएको छ । ट्रम्पसँगको वार्तामा पुटिनले आफ्ना विगतका अडानहरू कायमै राखेको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

युक्रेनको ठूलो भाग रूसी नियन्त्रणमा राख्ने, युक्रेनलाई नेटोमा सहभागी नगराउनेलगायत पुटिनको अडान छन् । तर युक्रेन र पश्चिमा देशले यी मागलाई अस्विकार गर्दै आएका छन् ।

अलास्कामा पुटिनलाई भव्य स्वागत गरिएको थियो । डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावी अभियानका क्रममा आफू राष्ट्रपतिमा विजयी भए २४ घण्टामै रुस–युक्रेन युद्ध अन्त्य गर्ने भन्नुभएको थियो । तर उहाँ विजयी भएको ९ महिना बितिसक्दा पनि बाचा पूरा हुन सकेको छैन । ट्रम्प र पुटिनबीचको पछिल्लो भेटवार्तालाई चासोपूर्वक हेरिएको थियो ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्