आईएमई खल्ती लिमिटेडले प्रविण रेग्मीलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको ११औँ बैठकबाट रेग्मीलाई आगामी चार वर्षका लागि सीईओ जिम्मेवारी दिइएको हो।
मर्जरअघि रेग्मी आईएमई डिजिटल सोलुसन लिमिटेडको सीईओको रूपमा कार्यरत थिए। मर्जरपछि उनी आईएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्य भई संस्थाको रणनीतिक नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।
कम्पनीले बढ्दो डिजिटल कारोबार तथा क्यासलेस अर्थतन्त्रतर्फ अग्रसर हुँदै गरेको वर्तमान परिप्रेक्ष्यमा रेग्मीको नेतृत्वले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
यसअघि सीईओ रहेका विनय खड्का चार वर्षे कार्यकाल पूरा गरेर पदबाट विदा भएका छन्।


