Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आज पनि घट्यो से‍यर बजार , कारोबार ५ अर्ब ६२ करोडमा सीमित

काठमाडौं । नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन आइतबार ४५.९३ अंकले घटेको नेप्से यसदिन १२.८४ अंकले घटेर २६७६.१५ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ।

आज ३१७ स्क्रिप्सको १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ७ अर्ब ४६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। इनर्जी नेपालको सेयर ८.७६ प्रतिशतले बढ्दा महिला लघुवित्त वित्तीय संस्थाको ७.१४,एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ६.०३ र हिमालयन डिस्टिलरीको ५.९९ प्रतिशतले बढ्यो।

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। आज कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो। हिमालयन डिस्टिलरीको २७ करोड,जोशी हाइड्रोपावर डेभलपमेन्टको १२ करोड,जानकी फाइनान्सको ११ करोड र लाइफ इन्स्योरेन्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ९२ स्टक्सको मूल्य बढ्दा १३८ वटाको घट्यो भने १३ वटाको मूल्य स्थिर रह्यो। ५ वटा समूहको उपसूचक बढ्दा ८ वटाको उपसूचक नकारात्मक देखिएका छन्।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्