Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न अमेरिकाको आग्रह

काठमाडौँ । अमेरिकाले आफ्ना नागरिकलाई कुनै पनि अवस्थामा तत्काल लेबनान छाड्न आग्रह गरेको छ । बेरुतमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई मध्यपूर्वमा बढ्दो बढ्दो तनावबारे जानकारी गराउँदै कुनै पनि टिकट लिएर अमेरिका फर्किन भनेको हो ।

इरानले गत बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको हत्याको लागि इजरायलको विरुद्धमा कठोर बदला लिने चेतावनी दिएपछि मध्यपूर्वमा थप युद्धको खतरा बढेको छ । इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रको हत्या गरेको केही घण्टापछि हमास प्रमुख इस्माइलको हत्या भएको थियो ।

हिजबुल्लाहले शनिबार उत्तरी इजरायलको बेइट हिलेल सहरमा दर्जनौँ रकेट प्रहार गरेको थियो । सामाजिक सञ्जालमा पोष्ट गरिएको फुटेजमा वायु रक्षा प्रणालीले मिसाइललाई रोकिरहेको देखाएको छ। हताहतको कुनै जानकारी प्राप्त भएको छैन ।

इरानको रिभोलुसनरी गार्ड कोर्प्स ९आईआरजीसी० ले हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहलाई तेहरानस्थित उनको गेस्टहाउस बाहिरबाट प्रहार गरिएको छोटो दूरीको प्रक्षेपणमा मारिएको दाबी गरेको छ ।उता, जोर्डनले पनि आफ्ना देशका नागरिकलाई तत्काल लेबनान छाड्न आदेश दिएको छ । जोर्डनको विदेश मन्त्रालयले एक सूचना जारी गर्दै आफ्ना नागरिकलाई देश फर्किन र लेबनानको भ्रमणमा नजान भनेको छ ।

यसैगरी, क्यानाडाले पनि आफ्ना नागरिकहरूलाई इजरायलको यात्राबाट बच्न चेतावनी दिएको छ । इरानको सम्भावित आक्रमणबाट इजरायललाई जोगाउन अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गरेको छ ।

 

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्