Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

आफ्नै दाजु मारेर जेल, संविधान दिवसमा माफी पाएर अहिले तीन जनाको हत्या

रुपन्देही । रुपन्देहीको बुटवलस्थित होराइजन चोकमा एक महिला र दुईजना बालिकाको वीभत्स हत्या भएको छ।

प्रहरीका अनुसार बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालको हत्या गरेका हुन्।

दीपाले सुजनसँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग विवाह गरेकी थिइन्। मृतक दुई बालिका शंकर र दीपाका सन्तान हुन्।  पक्राउ परेका सुजन यसअघि आफ्नै दाजुको हत्या गरी जेल चलान भएर केही वर्षअघि संविधान दिवसको दिन कैद माफी पाएर छुटेको बताइएको छ।

प्रहरीका अनुसार कोइरालाले पूर्वपत्नीलाई भेट्न भनेर घर बोलाएका थिए। त्यहीबेला चक्कु र घन प्रयोग गरी तीनैजनाको हत्या गरेको उसले प्रारम्भिक बयानमा बताएको छ। दीपा पाल्पाको एक स्वास्थ्य संस्थामा कार्यरत थिइन्।

पक्राउ परेका सुजनलालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्